birat ribon

सुनको भाउ ह्वात्तै बढ्यो, बनायो नयाँ कीर्तिमान

Neuro
सुनको भाउ ह्वात्तै बढ्यो, बनायो नयाँ कीर्तिमान

काठमाडौँ, १८ पुस । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ शुक्रबार ह्वात्तै बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

Padelux insider
cura insider
aa
Window display of jewelry shop

सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । र, सुन अहिलेसम्मकै महँगो भएको छ । यसअघि १८ भदौमा सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म भएको सुनको भाउ अघिल्लो महिनादेखि फेरि बिस्तारै बढेर मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यसयता बुधबार र बिहीबार स्थिर रहेको थियो । तर, शुक्रबार भने तोलामा एक हजार रुपैयाँ बढेको हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

jackson ribon