birat ribon

फ्राइडे रिलिज : आज हलमा कुनै नयाँ फिल्म छैन

Neuro
फ्राइडे रिलिज : आज हलमा कुनै नयाँ फिल्म छैन

विराटनगर, १८ पुस । फ्राइडे रिलिजअन्तर्गत आज पुस १८ गतेका कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छैन । दर्शकले नयाँ नेपाली फिल्म हेर्नको लागि अर्को महिनासम्म पर्खिनुपर्ने भएको छ ।

Padelux insider
cura insider

यसपटकको जाडोको मौसममा विदेशी फिल्महरूले हल कब्जा गरेका छन् । कुनै कुनै हलले मजबुरीका कारण पुराना नेपाली फिल्महरू प्रदर्शन भइरहेका छन् भने नेपालका अधिकांश हलहरूमा हलिउड र बलिउड फिल्महरू मात्र छन् । हलिउड फिल्म ‘क्याट्स एण्ड स्पाइज इन दिस्गाइज’ फिल्म भने भोलि शनिबारका दिन प्रदर्शनमा आउनेछ ।

जनवरी महिनाको लागि कुनै पनि नेपाली फिल्म रिलिजका लागि लाइनमा छैनन् । त्यस्तै, फेब्रअरी ७ मा भने चर्चित अभिनेता विपिन कार्की अभिनित ‘सेल्फी किङ्ग’ र अभिनेता विराज भट्टको ’साङलो’ एकैचोटी प्रदर्शनमा आउन तयार छन् ।

हलमा अहिले बलिउडका चर्चित अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ र अभिनेता सलमान खानको ‘दबंग ३’ प्रदर्शनमा छ । अत्यधिक जाडो बढेका कारण हलमा दर्शकहरू पनि निकै कम देखिएका छन् ।

jackson ribon