birat ribon

भिडालले बार्सिलोना छोड्ने पक्का

Neuro
भिडालले बार्सिलोना छोड्ने पक्का

एजेन्सी, १८ पुस । बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलान जाने पक्का भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । ‘क्याल्सिओमेरेकाटो’का अनुसार चिलीका स्टार भिडालले पनि इन्टर जाने विषयमा सहमतिको संकेत जनाएको दाबी गरेको छ ।

Padelux insider
cura insider

क्याल्सिओमेरेकाटोको रिपोर्टअनसार इन्टरले बार्सिलोनासँग भिडालको विषयमा निरन्तर कुरा गरिरहेको छ । भिडालको विषयमा बार्सिलोना र इन्टर दुवै क्लब सकारात्मक रहेको यसै महिनामा उनी सिरी ‘ए’ क्लब फर्किने सम्भावना रहेको खबरमा उल्लेख गरिएको छ । भिडालका एजेन्ट फर्नान्डो फेलिकेभिचले पनि दुवै पक्ष भिडालको विषयमा सकारात्मक देखिएको बताएका छन् ।

भिडाल यसै विन्टरमा इटाली फर्किने मनसायमा रहेको बताइएको छ । सन् २०१८ मा मात्र बायर्नबाट ला लिगा खेल्न बार्सिलोना गएका भिडाल ला लिगामा यो सिजन १४ खेल खेलेको उनले ५ गोल गरेका छन् ।

हाल सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको इन्टरले आफ्नो मिडफिल्डका लागि भिडाललाई भित्र्याउने योजना बनाएको हो । इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले भिडाललाई ‘टार्गेट’मा राखेको बताइएको छ ।

चिलीका स्टार भिडालले यसअघि इटालियन क्लब युभेन्टसबाट सिरी ‘ए’ खेलेका थिए । २०११ देखि २०१५ सम्म युभेन्टसबाट खेलेका उनले ३ वर्ष जर्मन क्लब बायर्न म्युनिखबाट खेलेका थिए ।

jackson ribon