birat ribon

गोपी अछामी, देवेन्द्र दाहाल र इन्दु गौतम प्रदेश एकबाट राष्ट्रिय सभाका उम्मेदवार

Neuro
गोपी अछामी, देवेन्द्र दाहाल र इन्दु गौतम प्रदेश एकबाट राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं, १८ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

Padelux insider
cura insider

शुक्रबार बिहान बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । जसमा, एक नम्बर प्रदेशमा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।

यसैगरी प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान उम्मेदवार बनेका छन् भने प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुषाल छन् । सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाकजी श्रेष्ठ पनि राष्ट्रियसभा सदस्य उम्मेद्वार बनेका छन् । नेकपाको सचिवालय बैठकले श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउने निर्णय गरेको हो ।

गण्डकीबाट श्रेष्ठलाई उम्मेद्वार बनाएको हो । उनी यसअघि प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट उम्मेद्वार बनेका थिए । तर, उनी बाबुराम भट्टराईसँग पराजित भएका थिए । यस्तै गण्डकी प्रदेशबाट महिलामा भगवती न्यौपाने उम्मेदवार छन् ।

jackson ribon