birat ribon

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेद्वार

Neuro
नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेद्वार

काठमाडौं, १८ पुस । सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाकजी श्रेष्ठ पनि राष्ट्रियसभा सदस्य उम्मेद्वार बनेका छन् । शुक्रबार बिहान बसेको सचिवालय बैठकले श्रेष्ठलाई उम्मेद्वार बनाएको हो ।

Padelux insider
cura insider

नेकपाको सचिवालय बैठकले श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउने निर्णय गरेको हो । गण्डकीबाट श्रेष्ठलाई उम्मेद्वार बनाएको हो । उनी यसअघि प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट उम्मेद्वार बनेका थिए । तर, उनी बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

यस्तै प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् भने प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान उम्मेद्वार भएका छन् ।

यसैगरी प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुषाल छन् भने गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार छन् ।

बिहीबार पनि उम्मेद्वार तयका लागि छलफल भएकोे थियो । तर, टुंगो लागेको थिएन ।

jackson ribon