birat ribon

कलेजो बिग्रिएमा देखापर्छन् यस्ता संकेतहरू

Neuro
कलेजो बिग्रिएमा देखापर्छन् यस्ता संकेतहरू

विराटनगर, १८ पुस । शरीरको निकै महत्त्वपूर्ण र ठूलो अंगहरूमध्ये रहेको कलेजोले मेटाबोलीजममा सहयोग गरी खाएका खानालाई पचाउन र पोषण शोस्नका लागि पित्तथैलीलाई मद्दत गरिरहेको हुन्छ । कलेजोले आफ्नो काम गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुने सम्भावना हुन्छ । साथै कलेजोको संक्रमण या कलेजोले कमजोरीका कारण राम्रोसँग काम गर्न नसकेको बेलामा स्वास्थमा गम्भीर हानि पुगिरहेको हुन्छ ।

Padelux insider
cura insider

कलेजोले हरेक मिनेट लगभग १ लिटर रगत छानेर शरीरमा चाहिने १३००० विभिन्न केमीकलहरू उत्पादन गर्छ । शरीरको ८० प्रतिशत कोलेस्टेरोल उत्पादनमा कलेजोले काम गर्न सकेन भने मानिससँग बच्नका लागि २४ घन्टा पनि बाँकी हुँदैन । त्यसैले, समयमै कलेजोले कस्तो काम गरिरहेको छ, स्वस्थ छ वा छैन भन्ने बारेमा थाहा पाउन जरुरी हुन्छ । कलेजो खराब भएमा शरीरमा यस्ता विभिन्न संकेतहरू देखिन थाल्छन् ।

  • पटक–पटक पेट बिसन्चो भई सधैँ झाडापखाला भइरहने
  • खाना खान मन नलाग्दा
  • पेटमा परिवर्तन आएको महशूस भएमा
  • पिसाव तथा दिसाको रंगमा परिवर्तन आएमा
  • शरीर कमजोर भएको महशूस भएमा
  • छाला पहेलो भएमा वा जन्डिस देखिएमा
  • हातखुट्टा सुन्निएमा
  • बारम्बार रगत उल्टी भएमा

शरीरले यस्ता संकेतहरू देखाउना साथ एकपटक चिकित्सककोमा गएर जाँच गराउन आवश्यक हुन्छ । लापरवाही गरेमा रोग अझ जटिल हुन सक्ने हुँदा समयमा नै सचेत हुनुपर्छ ।

jackson ribon