विराटनगर (एजेन्सी ) १८ पुस । इरानको कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी र हिजबुल्लाहका कमाण्डर अबू महदी अल मुहांदिसको बग्दाद इन्टरनेसनल एयरपोर्टमा हवाई हमलामा मृत्यु भएको छ ।
दुई जनाको मृत्यु हुने गरी मिसाइल या रकेट आक्रमण के हो र कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन् । हमलामा अमेरिकाको हात रहेको हुन सक्ने अनुमान गरिएको भएपनि अमेरिकाले कुनै पनि प्रतिकृया दिएको छैन् ।
सोलेमानीको मृत्युलाई मध्यपूर्वमा भएको ठुलो घटनाका रुपमा लिइएको छ । अब इरान र उसको समर्थनमा रहेका मध्यपूर्वका देशहरुले इजरायल र अमेरिकाविरुद्ध ठुलो कदम उठाउने अनुमान गरिएको छ ।
गएको आइतबार अमेरिकाले पूर्वी सिरिया र पश्चिमी इराकमा रहेको कताइब हिजबुल्लाह संगठनको क्याम्पमा निसाना बनाएको थियो । त्यसपछि हिजबुल्लाहका कमाण्डर अबू हिजबुल्लाहका कमण्डर महदी अल मुहांदिसले अमेरिकालाई जवाफ दिने बताएका थिए ।
यसपछि बगदादमा रहेको अमेरिकी दूतावासमा प्रदर्शनकारीले हमला गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको जिम्मेदार इरान रहेको बताएका थिए ।
यसपछि सुलेमानीको मृत्यु हुने गरी इराकको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमै भएको हमला भएको हो ।