birat ribon

पत्रपत्रिकामा प्रदेश : कोशी अस्पतालको सेवा कमजोर

Neuro
पत्रपत्रिकामा प्रदेश : कोशी अस्पतालको सेवा कमजोर

विराटनगर १८ पुस । न्यूनतम मापदण्ड सेवा प्रवाहमा विराटनगरको कोशी अस्पतालले ४७ अंक पाएको छ ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन टोलीले गरेको अनुगमनपछि सो प्रतिवेदन सार्वजनिक गरेको हो । उद्घोष दैनिकमा छापिएको खबरमा अस्पतालको सेवा सुविधा अझ धेरै सुधार गर्नु पर्ने अवस्था रहेको प्रतिवेदनले औल्याएको उल्लेख छ ।

मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा अस्पतालले व्यवस्थापनतर्फ ४९.११ प्रतिशत, चिकित्सा सेवामा ४५.६८ प्रतिशत अंक पाएको बताइएको छ ।

तीन दिन लगाएर अस्पतालले दिने सेवाका विषयमा सो टोली र अस्पतालको टोलीले गरेको अनुगमनको क्रममा अस्पतालले प्राप्त गरेको अंक सार्वजनिक गरेको मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख एवं अध्ययन टोली संयोजक दीपेन्द्ररमण सिंहले बताए ।

संघीय सरकार मातहत रहेको कोशी अंचल अस्पतालले दिने प्रसूति सेवा, गर्भवती जाँच, हाडजोर्नी तथा खोप सेवा, अस्पतालको रेकर्ड व्यवस्थापन, स्वच्छ खानेपानी सेवातर्फ उत्कृष्ट नतिजा प्राप्त गरेको थियो ।

फोहोर मैला व्यवस्थापन, स्टाफ नर्स, आईसीयू, एनआईसीयू सेवा भने प्रभावकारी नभएको अनुगमनमा पाइएको छ ।

लागूऔषध प्रयोगले एचआईभी संक्रमण

‘लागूऔषध प्रयोगले एचआईभी संक्रमण’ शिर्षकमा कान्तिपुरको प्रदेश १ पृष्ठमा समाचार छ । प्रदेश १ मा साउनदेखि कात्तिकसम्म लागूऔषधका २ सय ६ मुद्दा दर्ता भएका छन् ।

लागूपदार्थ छोड्नै नसकेका ६० जनाले कोशी अस्पतालमा मेथाडोन क्लिनिकमा उपचार गराइरहेका छन् ।

विराटनगर स्थित कोशी अस्पतालको एचआईभी एड्स परामर्श, सहयोग तथा उपचार केन्द्रमा औषधि खाइरहेका ३ सय ५८ जनामध्ये ८७ जना लागूऔषधका पूर्व प्रयोगकर्ता रहेका छन् । अधिकांश १६ देखि ४० वर्ष उमेर समूहका छन् ।

‘प्रदेश १ बाट विप्लवका ८६ कार्यकर्ता पक्राउ’ शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्य खबर छापेको छ ।

चालू आर्थिक वर्षको पुस १३ गतेसम्म प्रदेश १मा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ८७ जनालाई पक्राउ गरी कारवाही गरेको छ । पक्राउ पर्नेमा विप्लवका पोलिट्व्यूरो सदस्यदेखि जिल्ला सदस्यसम्म रहेका छन् ।

पक्राउ परेकालाई प्रहरीले चन्दा ऐन, राज्यविरुद्धको कसुर, बम विस्फोटक पदार्थ, साङ्गठनिक अपराध, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता सम्बन्धि कसुर, हातहतियार तथा खरखजना लगायतका विभिन्न मुद्दा चलाउने गरेको छ ।

पक्राउ परेका मध्ये २१ जना हिरासतमा छन् । यस्तै १४ जना धरौटी बुझाउन नसकेर र १४ जना पूपक्षको लागि हिरातमा छन् । प्रदेश १ का १४ वटै जिल्लाका इन्चार्ज पक्राउ गरिएको जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञावलीले प्रहरीले निगरानी बढाएपछि पक्राउ पर्ने र आत्मसमर्पण गर्नेको संख्या पनि बढ्न थालेको बताए ।

jackson ribon