birat ribon

ए डिभिजन लिग : मनाङको शीर्षता कायमै, मछिन्द्र र आर्मी पछि–पछि

Neuro
ए डिभिजन लिग : मनाङको शीर्षता कायमै, मछिन्द्र र आर्मी पछि–पछि

काठमाडौं, १८ पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा बिहीबारबाट चौथो चरणका खेल सकिएका छन् । बिहीबार एक खेल भएसँगै चौथो चरणका खेलहरू सकिएका हुन् । अब आज एक दिन विश्राम हुनेछ र भोलिबाट पाँचौं चरणका खेलहरू सुचारु हुनेछन् ।

Padelux insider
cura insider
sdaf

चौथो चरणको खेल सकिँदासम्म साविकको विजेता मनाङ मर्स्याङ्दी क्लबले शीर्षता कायमै गरेको छ । अपराजित रहेको उसले तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ । ९ अंक रहेको मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ । मछिन्द्र पनि मनाङझै अपराजित छ । तर, अघिल्लो सिजन लिगको रेलिगेसन क्षेत्रमा रहेको कारण उसको एक अंक खोसिएको छ ।

यता, आर्मी भने तेस्रो स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट ९ अंक रहेको छ । जावलाखेल ८ अंकसहित चौथो स्थानमा हुँदा ७ अंक रहेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा छ । समान ७ नै अंक भएको थ्रीस्टार क्लब छैटौं स्थानमा छ । ऊ गोलान्तरको आधारमा पछि परेको छ । ब्रिगेड ब्वाइज ६ अंकसहित सातौं स्थानमा हुँदा न्यूरोड टिम एनआरटी ४ अंकसहित आठौं स्थान छ ।

समान ४–४ अंक भएका च्यासल, एपीएफ र संकटा क्रमशः नवौं, दसौं र ११औं स्थानमा छन् । हिमालयन शेर्पा २ अंकसहित १२औं स्थानमा हुँदा फ्रेन्डस क्लब १ अंकसहित १३औं र अंकविहीन रहेको सरस्वती पुछारमा छ ।

jackson ribon