birat ribon

एलिसन बेकरले जिते ‘साम्बा गोल्ड’ अवार्ड

Neuro
एलिसन बेकरले जिते ‘साम्बा गोल्ड’ अवार्ड

एजेन्सी, १८ पुस । ब्राजिलियन गोलरक्षक एलिसन बेकरले साम्बा गोल्ड अवार्ड २०१९ जितेका छन् । इंग्लिस क्लब लिभरपुलका गोलकिपर बेकरले युरोपियन लिग खेल्ने उत्कृष्ट ब्राजिलियन खेलाडी हुँदै उक्त अवार्ड प्राप्त गरेका हुन् ।

Padelux insider
cura insider
af

सन् २०१९ मा कोपा अमेरिका र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका उनले फाइनल भोटिङमा ३५.५४ प्रतिशत भोट पाउँदै उक्त अवार्ड जितेको लिभरपुलको आधिकारिक वेबसाइटले जनाएको छ ।

समर्थक, खेल पत्रकार र पूर्वखेलाडीको भोटका आधारमा पाइने उक्त अवार्डका लागि लिभरपुलकै रोबर्टो फिर्मिनो पनि प्रतिस्पर्धामा थिए । तर, फिर्मिनो दोस्रो स्थानमा नै सीमित बन्न पुगे । यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार थियागो सिल्भा तेस्रो हुँदा, फाबिन्हो चौथो भए ।

jackson ribon