birat ribon

माने र सालाहको गोलमा लिभरपुलको अपराजित यात्रा कायमै, बनायो फराकिलो अग्रता

Neuro
माने र सालाहको गोलमा लिभरपुलको अपराजित यात्रा कायमै, बनायो फराकिलो अग्रता

विराटनगर, १८ पुस । इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले सेफ युनाइटेडविरुद्ध २–० गोलको जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

Padelux insider
cura insider

लिभरपुलकै मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह र साडियो मानले समान एक–एक गोल गरे । खेलको चौथो मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । यस्तै खेलको ६४औं मिनेटमा मानेको गोलमा लिभरपुलले २–० गोलको जित निकालेको हो ।

यससँगै अंक तालिकाको शीर्ष स्थानको लिभरपुलले २० खेलमा ५८ अंक बनाएको छ । उसले दोस्रो स्थानको लेइस्टरभन्दा १३ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको लेइस्टरसँग ४५ अंक छ भने तेस्रो स्थानको सिटीसँग ४४ अंक छ ।

jackson ribon