birat ribon

सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

Neuro
सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

बुटवल १७ पुस । प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध राप्रपाका नेता तथा कलाकार श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ ।

Padelux insider
cura insider

कपिलवस्तु –३ बाट निर्वाचित सांसद शाहविरुद्ध मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका हुन् ।

शाहविरुद्ध मुद्दा दर्ता भएको तर अदालतबाट पक्राउको अनुमति लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनील मल्लले जानकारी दिए । भोली (शुक्रबार) अदालतको अनुमति लिन जाने र अदालतले अनुमति दिए पक्राउ गर्ने उनको भनाइ छ ।

सांसद शाहले गत पुस ५ गते साँझ आफूलाई घरमा बोलाएर ज्यान लिने योजना बनाएको मिश्राले यसअघि सञ्चारमाध्यममा दाबी गरेका थिए । घरमा बोलाएर सांसद शाहले गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुंघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राले आरोप लगाएका छन् ।

कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको उनको आरोप छ । बन्दुकको नाल मुखमा जबरजस्ती राख्दा आफ्नो दाँत नै हल्लिएको र मुखमा चोट लागेको श्यामको आरोप छ ।

बुटवलमा उपचार गरेर मिश्रा घर फर्किएका छन् । गएको स्थानीय तहको निर्वाचनमा कृष्णनगरको मेयरमा राप्रपाबाट मेयरका उम्मेदवार रहेका मिश्रा दोस्रो भएका थिए भने मेयरमा सांसद शाहका नातेदारले जितेका छन् ।

jackson ribon