birat ribon

अनुयायी बलात्कार प्रकरण : सिद्धबाबालाई छोड्ने फैसला त्रुटीपूर्ण भएको भन्दै उच्चमा निवेदन

Neuro
अनुयायी बलात्कार प्रकरण : सिद्धबाबालाई छोड्ने फैसला त्रुटीपूर्ण भएको भन्दै उच्चमा निवेदन

सुनसरी १७ पुस । आनुयायी महिला बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न दिएको आदेश गरेको विरुद्ध सरकारी वकिलको कार्यालयले विराटनगरस्थित उच्च अदालतमा निवेदन दर्ता गराएको छ ।

Padelux insider
cura insider

बलात्कार गरेको सबुत प्रमाण हुँदाहुँदै पनि सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश त्रुटिपूर्ण भएको भन्दै बदर गर्न माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको हो ।

जिल्ला अदालत सुनसरीले भने थुनामा राखी कारबाही गर्नु औचित्यपूर्ण नरहेको भन्दै गिरीलाई तीन लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो । गत सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले यस्तो आदेश दिएको थियो ।

सरकारी वकिलको कार्यालय सुनसरीका न्यायधिवक्ता गोकुल निरौलाले जिल्ला अदालतको आदेशमा कानुन, प्रमाण र तथ्यमा आधारित नभएकाले थुनछेक बहसपछिको आदेशप्रति चित्त नबुझी प्रतिवादी सिद्धबाबा भनिने गिरीलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्छ भन्ने माग राखेर निवेदन दर्ता गरिएको बताए ।

थुनछेकको प्रयोजनको लागि तत्काल प्रमाणका उचित र पर्याप्त मूल्यांकन नगरी सतही रुपमा प्रतिवादीकै पक्षमा प्रमाणको रुपमा लिइएको देखिदाँ आदेश त्रुटिपूर्ण रहेको पनि जनाइएको छ ।

jackson ribon