birat ribon

अब गूगलले स्तन क्यान्सर पत्ता लगाउने

Neuro
अब गूगलले स्तन क्यान्सर पत्ता लगाउने

विराटनगर १७ पुस । विश्वमा हरेक ८ महिलामा १ जनामा स्तन क्यान्सर हुने गरेको छ । तर यो रोग अब लागेको छिट्टै पत्ता लाग्ने भएको छ ।

Padelux insider
cura insider

एक नयाँ खोजमा गूगलले आर्टिफिसियल इन्टेलिजेन्सीको माध्यमबाट स्तन क्यान्सर तुरुन्त पत्ता लगाउने सक्ने देखाएको छ ।

गूगलले एक पटक मेमोग्राफी स्क्रीनिङ्ग गरेर तुरुन्तै ब्रेस्ट क्यान्सरको सूचना दिन सक्ने दाबी गरिएको हो । यसको सवल पक्षका रुपमा वैज्ञानिकहरुपनि गूगलको यो प्रविधिलाई राम्रो भन्ने प्रतिकृया दिएका छन् ।

वैज्ञानिकहरुले डाक्टरहरुले ब्रेस्ट क्यान्सरको जाँच गरेपनि २० प्रतिशत भने पत्ता लगाउन नसकेको बताएका छन् । यही कारणपनि ब्रेस्ट क्यान्सर ढिलो गरीमात्रै पत्ता लाग्ने हुँदा उपचार महँगो हुने गरेको छ ।

नेचर पत्रिकामा छापिएको नयाँ शोधका अनुसार गूगलले आर्टिफिसियल इन्टेलिजेन्सीको माध्यमबाट ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर)को स्क्रिनिङ्ग छिटो र भरपर्दाे जाँज रिपोर्ट बताउने गर्छ । अमेरिकन क्यान्सर सोसाइटीले ब्रेस्ट क्यान्सरको जाँच गराउने आधा महिलालाई गलत जानकारी दिइने जनाएको छ ।

शोधका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सी यूनिटले क्यान्सरको संक्रमण भएको छिट्टै पत्ता लगाउने एक प्रोग्राम सुरु गरिएको छ । यसमा लण्डनको इम्पेरियल कलेज र इग्ल्याण्डको नेशनल हेल्थ सर्विसका हजारौँ मेमोग्राफिक रिपोर्टलाई समेल गरिएको छ ।

यी रिपोर्टहरुमा गूगलको आर्टिफिसियल इन्टेलिजेन्सी मेसिनले डक्टरहरु भन्दा उत्कृष्ट नतिजा दिएको छ ।

jackson ribon