birat ribon

किसानको पैसा तत्काल दिन उद्योगी सांसद वीरेन्द्र कनोडियालाई कांग्रेसको निर्देशन

Neuro
किसानको पैसा तत्काल दिन उद्योगी सांसद वीरेन्द्र कनोडियालाई कांग्रेसको निर्देशन

Padelux insider
cura insider

काठमाण्डौं १७ पुस । नेपाली कांग्रेसले पार्टीको प्रदेश २ का संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको रकम तुरन्त दिन निर्देशन दिएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकले कनोडियालाई उखु किसानहरुको दिन बाँकी रकम तत्काल तिर्न निर्देशन दिएको हो । बिहीबारको बैठकले यस्तो निर्देशन दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले कनोडिया सञ्चालक रहेको मिललेसमेत उखु किसानको भुक्तानी नदिएको समाचार आएपछि पार्टीको ध्यानकर्षण भएकाको भन्दै यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए । कनोडियाको महालक्ष्मी सुगर मिल्स रहेको छ ।

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत गर्दै प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुनसक्ने बताए ।

बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए । उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्मा निर्णय हुने सम्भावना रहेको बताए ।

बिहीबारको बैठकमा असन्तुष्ट पौडेल पक्षका नेताहरु भने सहभागी भएनन् ।

jackson ribon