काठमाडौं १७ पुस । सिमा विवादका सम्बन्धमा भारतले नेपालको सीमा नमिचिएको पुरानै भनाइ दोहोर्याएको छ ।
पछिल्लोपटक आफूले निकालेको नक्शाले सार्वभौम भारतलाई झल्काउने र यसमा नेपालसँगको सिमा नचलाइएको भारतको दाबी छ ।
भारतीय विदेशका प्रवक्ता रविश कुमारलाई पत्रकार सम्मेलनमा कालापानीको विषयमा सोधिएको प्रश्नमा उनले पहिलेकै जवाफ दोहोर्याए । उनले भारतले आफ्नो अडान प्रष्ट पारिसकेका बताए । नयाँ नक्शामा नेपालसँगको सीमा परिमार्जन नगरिएको नै उनको दाबी छ ।
नेपाल र भारतबीच सीमांकनको विषय टुंग्याउने काम अहिले चलिरहेको र रहेका विवादहरु विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाइने उनको भनाइ छ ।