birat ribon

विप्लव समुह मोरङका दुई नेताले गरे आत्मसमर्पण

Neuro
विप्लव समुह मोरङका दुई नेताले गरे आत्मसमर्पण

Padelux insider
cura insider

विराटनगर १७ पुस । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङको कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् ।

उनीहरु विप्लव नेतृत्वको नेकपामा ५ वर्षयता आवद्ध थिए । मोरङको सचिवालय सदस्यको भूमिका निर्वाह गरेका उनीहरुले पार्टीले हिंसात्मक गतिविधि गरेपछि आत्मसर्मपण गरेको बताए ।

‘पार्टीले रोजेको बाटोबाट चित्त नबुझेपछि परित्याग गर्न घोषणा गर्दछौं,’ जिल्ला प्रशासन कार्यालयमा चढाएको पत्रमा उल्लेख छ, ‘आगामि दिनमा नेपालको संविधान र कानूनलाई शिरोधार्य गरि अगाडि बढ्नेछौं ।’

उनीहरु केही दिन अघि पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा मानवअधिकार संजाल १ नम्बर प्रदेशका संयोजक सोमराज थापा, नेकपाका नेता अविनाश मण्डललगायतको रोहबरमा आत्मसमर्पण गरेपछि उनीहरु छुटेका छन् ।

jackson ribon