birat ribon

आशिषको गोलमा एपीएफको पहिलो जित

Neuro
आशिषको गोलमा एपीएफको पहिलो जित

काठमाडौं, १७ पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ क्लबले जित निकालेको छ । बिहीबार भएको खेलमा एपीएफले सरस्वती युथ क्लबविरुद्ध २–० गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सो खेलमा एपीएफलाई जिताउन दुवै गोल आशिष लामाले गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल गरेको थियो । खेलको ६३औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।

यस्तै खेलको अन्तिम समयमा आशिषले गोल गर्दै एपीएफलाई २–० गोलको जित दिलाए । यससँगै एपीएफले जारी लिगमा पहिलो जित निकाल्दै ४ अंक बनाएको छ । उसले यसअघि तीन खेल खेल्दा २ खेलमा हार र एक खेलमा बराबरी खेलेको थियो ।

jackson ribon