birat ribon

यस्ता छन् च्याउ खानुका फाइदाहरू

Neuro
यस्ता छन् च्याउ खानुका फाइदाहरू

विराटनगर, १७ पुस । च्याउलाई तरकारीका रूपमा प्रयोग गरिन्छ । तर, कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालु तत्त्व पनि पाइने हुँदा सबै च्याउ खान योग्य भने हुँदैनन् ।

Padelux insider
cura insider

च्याउमा प्रसस्त मात्रामा भिटामिन, खनिज, प्रोटिन, फाइबर प्रदान गर्छ । च्याउले खानपानले लाग्ने विभिन्न रोगहरू लाग्न नदिन र शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । विशेषगरी, च्याउ खाँदा वा टिप्दा ध्यान पुर्‍याउनुपर्छ । अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन ।

च्याउमा प्रसस्त मात्रामा पाइने सेलेनियम नामक खनिज पदार्थले, नष्ट भएको कोष र टिस्युलाई छिट्टो रिकभर गर्छ र कलेजोको काममा सहयोग पुर्‍याएर क्यान्सर पैदा गर्ने पदार्थलाई शरीरबाट निष्कासन गर्छ । च्याउमा पाइने फोलेट नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्‍याउँछ । च्याउमा प्राकृतिक रुपमै इन्सुलिन पाइने हुँदा मधुमेहका लागि च्याउ अत्यधिक महत्त्वपूर्ण खानेकुरा हो ।

च्याउमा निकै थोरै मात्रामा क्यालोरी र चिल्लो पदार्थ हुन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रशस्त पोषक तत्त्व पाइने च्याउलाई शरीरको तौल घटाउनका लागि उपयुक्त हुनुका साथै स्वास्थ्यका हिसाबले पनि निकै उपयुक्त तरकारी मानिन्छ । च्याउमा केही मात्रामा पाइने आइरनले रगतको मात्रालाई बढाएर रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुर्‍याउँछ । च्याउले रगतको प्रवाहलाई राम्रो गरेर मुटुसम्बन्धी विभिन्न रोगहरू लाग्न दिँदैन ।

च्याउमा ‘भिटामिन डी’ पनि पाइन्छ, जसकारण शरीरका विभिन्न हड्डीमा भएको समस्यामा फाइदा पुग्छ । ‘भिटामिन डी’ले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । च्याउमा शरीरमा आवश्यक पर्ने फाइबर प्रशस्त मात्रामा पाइने भएकोले फाइबरले पाचन प्रकियालाई सक्रिय बनाएर भोक कम लगाउने गर्छ जसले गर्दा शरीरको अत्यधिक बोसो पग्लिएर तौल नियन्त्रणमा आउँछ ।

jackson ribon