birat ribon

‘सुपर ३०’को हलिउड रिमेक बन्ने

Neuro
‘सुपर ३०’को हलिउड रिमेक बन्ने

विराटनगर, १७ पुस । सन् २०१९ को अभिनेता ऋतिक रोशनको मुख्य भूमिका रहेको फिल्म ‘सुपर ३०’को रिमेक बन्ने भएको छ । बक्स अफिसमा समेत सफल रहेको फिल्मको हलिउड रिमेक बन्ने भएको हो ।

Padelux insider
cura insider

गणित विज्ञ आनन्द कुमारको जीवनमाथि आधारित भएर बनेको फिल्म बलिउडलगायत विश्वभर नै प्रशंसा कमाएको थियो । अमेरिकन कम्पनीले रिलायन्स इन्टरटेनमेन्ट कम्पनीका सुभाशिस श्रीकारलाई फिल्मको रिमेक बनाउन प्रस्ताव गरेको हो । ‘सुपर ३०’ को हलिउड रिमेकको लागि मुख्य भूमिका र निर्देशकको निर्णय भने भएको छैन र निर्णय भएपछि फिल्मको काम सुरु गरिने लेखक सञ्जीव दत्तले बताएका छन् ।

ऋतिकले गणित शिक्षकको भूमिका निर्वाह गरेका छन् । तर, फिल्मको रिमेकमा भने आनन्द कुमारको पनि अभिनय रहने बताइएको छ । आनन्द कुमारले गरिब तथा पिछडिएका वर्गका विद्यार्थीलाई आईआईटीको परीक्षा पास गर्न योग्य बनाएका थिए । र, उनको संस्था सुपर ३० ले रेकर्ड बनाएको थियो ।

आनन्द कुमारलाई नै पर्दामा उतारेर बनाइने हलिउड रिमेक कस्तो बन्ला भन्ने दर्शकमा निकै कौतुहलता जागिसकेको छ ।

jackson ribon