दशकमै सर्वाधिक बढी डाउनलोड भएका चार एप फेसबुककै

एजेन्सी, १७ पुस । पछिल्लो दशककै सबैभन्दा बढी डाउनलोड भएका एप फेसबुककै रहेको पाइएको छ । यस दशककै सर्वाधिक बढी डाउनलोड भएको एप फेसबुकै भएको ‘एप ट्रयाकर एप एन’ले जनाएको छन् ।

फेसबुकको स्वामित्वमा रहेका फेसबुक, फेसबुक मेसेन्जर, ह्वाट्एप र इन्स्टाग्राम सबैभन्दा बढी डाउनलोड भएका एप हुन् । यी हरेक एपका एक अर्बभन्दा बढी प्रयोगकर्ता छन् । १५ वर्षबाट प्रयोगमा आएको फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम किनेको थियो भने २०१४ मा ह्वाट्सएप किनेको थियो ।

फेसबुकले १ अर्ब डलरमा इन्स्टाग्राम आफ्नो बनाएको थियो भने ह्वाट्सएपको स्वामित्व १९ अर्ब डलरमा हात पारेको थियो । फेसबुकका फाउन्डर मार्क जुकरबर्ग हुन् । उनले सन् ४ फेब्रुअरी २००४ मा फेसबुक सञ्चालनमा ल्याएका थिए ।

Loading...