birat ribon

मःमले शरीरमा बढाउँछ सुगरको मात्रा

Neuro
मःमले शरीरमा बढाउँछ सुगरको मात्रा

विराटनगर, १७ पुस । नेपालीहरूको सब भन्दा मनपर्ने खाजा भनको मःम हो । दैनिकजसो खाजाको रूपमा मःम नै बढी खाने गर्छौं र पहिलो रोजाइ पनि मःम नै हुन्छ । मीठो भएकोले पनि यसलाई सबले रुचाउने गरेको पाइन्छ ।

Padelux insider
cura insider

होटल, रेष्टुरेन्टहरूमा भीड अत्यन्तै हुने र उक्त मानिसहरू खाजाको रूपमा मःम नै खान मन पराएको देखिन्छ । साथै, बनाउन पनि सजिलो हुने हुँदा घरमा पनि मानिसहरूले मःम बनाएर खान थालेका छन् । दैनिक रूपमा वा निरन्तर मःम धेरै खानु स्वास्थ्यको लागि खतरनाक हुन्छ । मःम बनाउनका लागि मैदाको प्रयोग गरिन्छ ।

sdaf

मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउनका लागि बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ । मैदाबाट बनेको मःम दैनिकजसो खाने गरेमा स्वास्थ्यका लागि हानिकारक हुन्छ । मःम मात्र नभएर मैदाबाट बनेका हरेक चिजलाई दैनिक रूपमा खाँदा स्वास्थ्यमा असर गर्छ ।

मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ र सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । यसले गर्दा शरीरमा केमिकल रियाक्सन हुने गर्छ र मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढ्ने गर्छ । नियमित रूपमा मैदाबाट बनेको मःम वा अन्य खानेकुरा खाने मान्छेमा रोग प्रतिरोधात्मक क्षमता कम जाने हुँदा मानिसहरू छिट्टै रोगको शिकार हुन्छन् ।

मैदा बनाउने क्रममा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुनेगर्छ जसले गर्दा शरीरका हड्डीहरू पनि कमजोर हुन जान्छन् । मःमको अत्याधिक सेवनले पाचन प्रक्रियामा गडबड गराएर अपच र कब्जियतको समस्या उत्पन्न गराउनुका साथै अन्य पेटसम्बन्धी रोगहरू पनि निम्त्याउन सक्छ ।

यसले टाउको दुख्ने, छिट्टै थाक्नेलगायतका समस्या निम्त्याउने गरेको पाइएको छ । साथै मःम भित्र प्रयोग गरिने तरकारी, मासु, बोसो तथा मसलाले पनि विभिन्न रोग निम्त्याउने गर्छ ।

jackson ribon