birat ribon

‘सेन्टी भाइरस’को पोस्टरमा धुर्मुसको अंगालोमा सुन्तली

Neuro
‘सेन्टी भाइरस’को पोस्टरमा धुर्मुसको अंगालोमा सुन्तली

विराटनगर, १७ पुस । फिल्म ‘सेन्टी भाइरस’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्र सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई एक–अर्काको अंगालोमा देखिन्छ ।

Padelux insider
cura insider

नयाँ वर्ष २०२० को शुभकामना दिँदै पोस्टरका सार्वजनिक गरिएको छ । दुवैले गलामा सयपत्री फूल र धुर्मुसले शिरमा ढाकाटोपी लगाएका छन् । रामबाबु गुरुङको निर्देशित सामाजिक व्यंग्यमा आधारित रहेको फिल्म यही फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको पनि अभिनय छ ।

सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा डिन्डु लामा ह्योल्मो र डिन्डुका भाइ फुर्पाको लगानी रहेको छ । कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । शैलेन्द्र डि. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्दैछन् ।

२ करोड लगानीमा तयार हुन आटेको फिल्म ‘सेन्टी भाइरस’को मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने भएको छ । चर्चित हास्य टेलिसिरियल ‘मेरी बाँस्सै’ मा लामो समय ‘धुर्मुस–सुन्तली’ को भूमिका र समाजसेवामार्फत् दर्शकको मन जितेका ‘धुर्मुस–सुन्तली’ले ‘सेन्टी भाइरस’ बाट पहिलो पटक फिल्म निर्माणमा होमिएका हुन् र अहिले उनीहरू चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खटिएका छन् ।

jackson ribon