कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, ५ घाइते

बाजुरा, १७ पुस । बाजुराको हिमाली गाउँपालिका–७ मा जीप दुघर्टना हुँदा ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हिमाली गाउँपालिका–७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जीप खसेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकारी दिएका छन् ।

हिमाली गाउँपालिका–६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से१ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको उनले जानकारी दिएका छन् । सडकबाट ५ सय मिटर तल ठूलो भीरबाट नदीमा जीप खस्दा अन्य १ जना हराइरहेका छन् ।

मृत्यु भएका ४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ ।

Loading...