birat ribon

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन छोड्न आदेश

Neuro
एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन छोड्न आदेश

काठमाडौं, १७ पुस । जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन प्रमुख एसपी दानबहादुर मल्ललाई ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले १२ घण्टाभित्र चितवन छोड्न आदेश दिएको छ । उनलाई सबै चार्ज बुझाएर सरुवा भएको स्थानमा रवाना लिएर जान ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले पत्र काटेको हो ।

Padelux insider
cura insider

४ पुसमा नै सरुवा भएपनि हालसम्म रवाना लिएर नगएकोले तुरुन्त सरुवा गरिएको स्थानमा जान पत्र पठाइएको ३ नम्बर प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिएका छन् । सरुवा भएको स्थानमा जान केही दिन लाग्ने भएपनि उनले धेरै समय लगाएको बस्नेतको भनाइ थियो ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत उनलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सरुवा गरेको थियो । तर, सरुवामा असन्तुष्टि जनाउँदै मल्ल सरुवा गरिएको स्थानमा जान मानेका छैनन् । मल्लको स्थानमा यूएन जगेडा, नक्सालमा कार्यरत गंगा पन्तलाई चितवन पठाएको थियो ।

jackson ribon