birat ribon

युभेन्टसले सम्मानस्वरुप रोनाल्डोको तलबमा वृद्धि गर्ने !

Neuro
युभेन्टसले सम्मानस्वरुप रोनाल्डोको तलबमा वृद्धि गर्ने !

एजेन्सी, १७ पुस । इटालियन क्लब युभेन्टसले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग नयाँ सम्झौता गर्ने तयारी थालेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार युभेन्टसले रोनाल्डोका कारण आफ्नो आम्दानीमा भएको वृद्धिका कारण उनको तलबमा वृद्धि गर्दै नयाँ सम्झौता गर्न लागेको हो ।

Padelux insider
cura insider

इटालियन मिडिया कोरेर्रे डेल्लो स्पोर्ट्सका अनुसार रोनाल्डोको तलबमा वार्षिक ४२ मिलियन हुनेगरी युभेन्टसले नयाँ सम्झौताको तयारी गरेको हो । ३४ वर्षीय रोनाल्डोको सम्मानमा उसले रकम थपेर साढे ३ वर्ष सम्झौता थप्ने तयारी गरेको रोनाल्डोका एजेन्ड जर्ज मेन्डेसलाई उदृत गर्दै डेल्लो स्पोर्ट्सले समाचार सम्प्रेषण गरेको छ ।

पार्चुगिज स्ट्राइकर रोनाल्डोसँगको युभेन्टसको सम्झौता २०२२ मा सकिनेछ । तर, २०१९ व्यक्तिगत रूपमा ‘खराब’ भएको भन्दै रोनाल्डोले पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किने मनसाय बनाएको चर्चा चलेको थियो । यसै चर्चाका बीच युभेन्टसले रोनाल्डोलाई क्लबमै राख्ने उद्देश्यले उनीसँगको सम्झौता निर्धारित समयअगावै लम्ब्याउने भएको हो ।

खबरका अनुसार युभेन्टसले अब आगामी २ महिनाभित्र रोनाल्डोसँग ३८ वर्षको उमेरसम्मका लागि सम्झौता गर्ने भएको छ । रोनाल्डो आउँदो फेब्रुअरी महिनादेखि ३५ वर्ष पूरा हुँदैछन् । हाल रोनाल्डोले वार्षिक ३० मिलियन युरो तलबबापत थाप्छन् । त्यसबाहेक उनलाई बोनस रकम पनि अलग्गै दिइन्छ ।

यदि, युभेन्टसले रोनाल्डोको तलबमा वृद्धि गर्दै सम्झौता गरेमा उनी सर्वाधिक कमाउने खेलाडी बन्नेछन् । उनले स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा बढी कमाइ गर्नेछन् ।

https://twitter.com/futballselect/status/1212653429962788865?s=20

jackson ribon