birat ribon

निन्द्रा पार्ने औषधिको सेवनले स्वास्थ्यमा खतरा

Neuro
निन्द्रा पार्ने औषधिको सेवनले स्वास्थ्यमा खतरा

विराटनगर, १७ पुस । विभिन्न स्वास्थ्य समस्या, चिन्ता तथा तनावका कारण निन्द्रा नपर्ने हुँदा सुत्नका लागि औषधिको सहारा लिने मानिसको संख्या धेरै छ । तनावमा रहेका मानिसहरू डाक्टरको सल्लाहमा यस्ता औषधिको सेवन गर्छन् त कोही परामर्श र सल्लाहविना नै यस्ता औषधिको प्रयोग गरिरहेका हुन्छन् ।

Padelux insider
cura insider

यी औषधिले शरीर र मस्तिष्कलाई लट्ठ गरी निन्द्रा लगाउने हुँदा केही समयका लागि राम्रो काम गरेजस्तो अनुभव मिल्छ । औषधि खाएपछि सजिलै निदाउन सकिने हुँदा निदाउन नसकेका, बढी तनावमा रहने मानिसहरू निको भइसके पनि डाक्टरको सल्लाह नलिकन नै औषधि सेवन गर्न थाल्छन् । दैनिक निन्द्रा पर्ने औषधिको सेवन गर्ने मानिसको शरीरमा आलस्य र थकान देखिने गर्छ ।

धेरै औषधिको प्रयोग गर्दा भोक पनि हराउँदै जान्छ र रक्सीको सेवन गरेजस्तो शरीर लट्ठ हुन्छ । एक–दुई पटक प्रयोग गर्दा खासै असर नगरे पनि यस्ता औषधिको सेवन गर्ने बानीले भने स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । अत्यधिक मात्रामा कुनै पनि औषधि खानु भनेको हृदयघातलाई निम्तो दिनुसरह हो । त्यस्तै निन्द्रा लाग्ने औषधिको प्रयोगले मानिसमा हृदयघातको जोखिम बढाउँछ ।

यस्तै, वैज्ञानिकहरूका अनुसार निन्द्रा लाग्ने औषधिको लगातार सेवनले रक्तचाप बढ्ने, टाउको दुख्ने, रक्तनलिमा समस्या हुने हुँदा मुटुसम्बन्धी विभिन्न रोगहरू पनि उत्पन्न गर्न सक्छ । लामो समयसम्म निन्द्रा लाग्ने औषधि प्रयोग गर्ने मानिसको मस्तिष्क कम्जोर भइ स्मरण शक्तिमा ह्रास आउने गर्छ ।

निन्द्रा पर्ने औषधिले मानिसको मस्तिष्कमा प्रत्यक्ष असर गर्ने हुँदा यस्ता औषधिको सेवनले मानसिक रोगहरूको जोखिम बढ्छ । दिनको एकभन्दा बढी, वा धेरै डोज भएको निन्द्रा पर्ने औषधि सेवन गर्ने मानिसलाई कोमामा जाने खतरा बढी हुन्छ । त्यस्तै, गर्भवति महिलाहरूले डाक्टरको सल्लाह नलिकन प्रयोग गरेको निन्द्रा लाग्ने औषधिले गर्भमा रहेको बच्चालाई शारीरिक तथा मानसिक स्वास्थ्यमा असर गर्न सक्छ ।

jackson ribon