birat ribon

मेस्सी २०१९ का सर्वाधिक रुचाइएका खेलाडी, रोनाल्डोको स्थान कहाँ ?

Neuro
मेस्सी २०१९ का सर्वाधिक रुचाइएका खेलाडी, रोनाल्डोको स्थान कहाँ ?

एजेन्सी, १७ पुस । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी २०१९ मा सर्वाधिक बढी रुचाइएको खेलाडी बनेका छन् । स्पेनिस मिडिया मार्काले सार्वजनिक गरेको विश्वका १०० उत्कृष्ट खेलाडीहरूमध्ये सबैभन्दा धेरै भोट प्राप्त गर्दै मेस्सी बढी रुचाइएका खेलाडी बनेका हुन् ।

Padelux insider
cura insider

सन् २०१९ को बालोन डी‘ओर जित्न सफल मेस्सीले सबैभन्दा धेरै भोट पाएका छन् । फुटबलको सर्वोच्च निकाय (फिफा)को ‘द बेस्ट मेन्स प्लेयर’ अवार्ड जित्न सफल उनले ५९ प्रतिशत मत पाएका थिए । सर्वाधिक छ पटक बालोन डी‘ओर जितेका मेस्सी पहिलो स्थानमा हुँदा रियल मड्रिडका स्टार करिम बेन्जेमाले दोस्रो स्थान बनाएका छन् । बेन्जेमाले १० प्रतिशत मत पाएका थिए ।

यसैगरी लिभरपुलका स्टार भर्जिल भान डाइक तेस्रो स्थानमा छन् । च्याम्पियन्स लिग विजेता डाइकले ८ प्रतिशत मत पाउँदा ७ प्रतिशत भोट पाएका युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो चौथो स्थानमा छन् ।

पाँचौं स्थानका पीएसजीका स्टार किलियन एम्बाप्पेले ६ प्रतिशत भोट पाउँदा लिभरपुलका साडियो मो ४ प्रतिशत भोट पाउँदै छैटौं स्थानमा छन् । बार्सिलोनाका फ्रेन्की डी योङ २ प्रतिशत भोटका साथ सातौं स्थानमा हुँदा मोहम्मद सालाह, रहीम स्टर्लिङ र एलिशन बेकर क्रमशः आठौं, नवौं र दसौं स्थानमा छन् । सालाह, बेकर र स्टर्लिङले समान २, १, १ प्रतिशत भोट पाएका छन् ।

jackson ribon