birat ribon

स्वस्तिमाको ‘बुलबुल’ अब मोबाइलमै हेर्न सकिने

Neuro
स्वस्तिमाको ‘बुलबुल’ अब मोबाइलमै हेर्न सकिने

एजेन्सी, १७ पुस । गतवर्ष प्रदर्शनमा आएको अभिनेत्री स्वस्तिमा खड्काको मुख्य अभिनय भएको फिल्म ‘बुलबुल’ अब आफूले चाहेको समयमा फोपी एपमा हेर्न मिल्ने भएको छ । नयाँ वर्ष सन् २०२० देखि फोपी एपमा फिल्म रिलिज गरिएको हो ।

Padelux insider
cura insider

एपमा विश्वको प्रायजसो देशबाट आफ्नै मोबाइलमै फिल्म हेर्नका लागि ५० रुपैयाँ तिर्नु पर्नेछ । आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेन्स तथा खल्ती वा इसेवाबाट पनि पैसा तिर्न सकिने छ । फोपी एप डाउनलोड गरेर प्राप्त निर्देशनअनुसार पैसा तिरेपछि आफूले चाहेको समयमा फिल्म हेर्न सकिन्छ ।

विनोद पौडेलको निर्देशन रहेको फिल्ममा स्वस्तिमाका साथ अभिनेता मुकुन भुषाल मुख्य भूमिकामा छन् । वैदेशिक रोजगारका लागि श्रीमान् विदेश गएपछि सानी छोरी र बृद्ध ससुरालाई टेम्पु चलाएर आफ्नै कमाइले पालिरहेकी महिलाका कथा रहेको ‘बुलबुल’ले दर्शकहरूबाट राम्रो समीक्षा पाएको हो ।

jackson ribon