जम्मु कस्मिर भिडन्तमा गोरखाका अर्जुनले ज्यान गुमाए

काठमाडौं, १७ पुस । जम्मु कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । बुधबार जम्मु कस्मिर राजौरी जिल्लाको नौसहरमा आतंकवादी र सुरक्षाकर्मी बीच मुठभेड भएको थियो ।

जसमा, गोरखाका अर्जुन थापामगरसहित दुई जना सैनिकको ज्यान गएको थियो । कस्मिरको राजोरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) नजिक नौशेरा क्षेत्रमा बुधबार भारत र पाकिस्तानबीचको दोहोरो सङ्घर्षमा गोरखा जिल्लाको विकट रिप गाउँका २५ वर्षीय जवान अर्जुन थापामगर र महाराष्ट्रको सताराका २९ वर्षीय सन्दीप सावन्त रघुनाथको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

बुधबारै भारतीय सेनाले परिवारलाई अर्जुनको मृत्युको खबर पठाएका थिए । पाँच वर्षअघि भारतीय सेनमा भर्ती भएका थिए उनी ६ महिना अगाडि मात्र विवाह बन्धनमा बाँधिएका थिए । २ वर्षअघि आमा गुमाएका उनको नयाँ वर्षको दिन ज्यान गएको हो ।

Loading...