birat ribon

इन्टरको ‘टार्गेट’मा बार्सिलोनाका भिडाल

Neuro
इन्टरको ‘टार्गेट’मा बार्सिलोनाका भिडाल

एजेन्सी, ११ पुस । इटालियन क्लब इन्टर मिलान बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडाललाई भित्र्याउने योजनामा लागिपरेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भिडाल यसै विन्टरमा इटाली फर्किन सक्नेछन् ।

Padelux insider
cura insider
dsf

हाल सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको इन्टरले आफ्नो मिडफिल्डका लागि भिडाललाई भित्र्याउने योजना बनाएको हो । इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले भिडाललाई ‘टार्गेट’मा राखेका छन् ।

चिलीका स्टार भिडालले यसअघि इटालियन क्लब युभेन्टसबाट खेलेका थिए । २०११ देखि २०१५ सम्म युभेन्टसबाट खेलेका उनले ३ वर्ष जर्मन क्लब बायर्न म्युनिखबाट खेलेका थिए । उनी २०१८ मा मात्र बायर्नबाट ला लिगा खेल्न बार्सिलोना गएका थिए । ला लिगामा यो सिजन १४ खेल खेलेको उनले ५ गोल गरेका छन् ।

jackson ribon