birat ribon

दैनिक साडी लगाएको कारण क्यान्सर भएपछि

Neuro
दैनिक साडी लगाएको कारण क्यान्सर भएपछि

एजेन्सी, १७ पुस । क्यान्सर एउटा प्राणघातक रोग हो । कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि, रोगको आक्रमण र कहिलेकाँही रगतको माध्यमबाट शरीरको अन्य भागहरूमा फैलने रूपमा देखिन्छ ।

Padelux insider
cura insider

त्यस्तै, एक अनुसन्धानले भारतम बस्दै आएको ६८ वर्षीया महिलाको साडीका कारण क्यान्सर देखापरेको प्रमाणित भएको छ । १३ वर्षको भएदेखि लगातार एकै ठाउँम साडी लगाएको कारणले २ वा ३ वर्षसम्म उनको पेटतिर सुरुमा चिलाउने, पोल्ने सुरु भएको थियो । साडीलाई एकै ठाउँम लगाउँदा उनको पेटको छालामा घाउ भएर गम्भीर अल्सर निम्तिसकेको थियो ।

अस्पताल गएर जाँच गर्दा साडी लगाउने ठाउँम ट्युमर भएर पनि एससीसी (स्किन क्यान्सरको एक गम्भीर रोग) भइसकेको रहेछ । उनको तत्काल अपरेसन गर्नु परेको थियो । ८ महिनाको लगातार फलो अप चेकअप गरेपछि उनी रोगबाट मुक्त भएकी थिइन् । अनुसन्धानका अनुसार साडीमा लगाउने पेटीकोटको कारणले गर्दा क्यान्सर निम्तेको हो ।

दिनहुँ पेटीकोट र साडी लगाउँदा सधैं यसको दवाव शरीरको एउटै खण्डमा मात्र पर्नेगर्छ । हरेको दिन दिनभरि शरीरको एउटै भागमा कस्सिने गरी पेटिकोट बाँध्ने गर्दा यसले कमरमा एउटा स्थायी जलन उत्पन्न गराउँछ । सुरु सुरुको अवस्थामा यो जलनले छाला रातो भएर चिलाउने, पोल्ने जस्तो अनुभूति महसुस हुनुका साथै पछि उक्त स्थानमा छालानै निस्किन गइ घाउ हुन्छ ।

यस्तो कुरा छिट्टै ध्यान दिइएन भने यसले विस्तारै–विस्तारै ट्युमर र अन्त्यमा क्यान्सरको रूप लिन सक्छ । अनुसन्धानमा पेटीकोटले मात्रा नभएर इँजार हुने सुरुवालले समेत क्यान्सर निम्त्याउन सक्ने उल्लेख गरिएको छ । अनुसन्धानले पेटिकोटको इँजारका निम्तिने समस्याबाट बच्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने, घरमा पेटिकोटको साटो बेल्टको प्रयोग, दिनहुँ पेटीकोटलाई एकै ठाउँमा कस्सेर नबाँधेर घरि माथि घरि अलिकति तल गरेर बाध्नु पर्छ र इँजार बाध्ने ठाउँमा सरसफाइमा ध्यान दिनुपर्ने उपाय दिएको छ । एजेन्सीबाट

jackson ribon