birat ribon

फ्रिकिकबाट सिधै गोल गर्ने खेलाडीको सूचीमा रोनाल्डोभन्दा मेस्सी अगाडि !

Neuro
फ्रिकिकबाट सिधै गोल गर्ने खेलाडीको सूचीमा रोनाल्डोभन्दा मेस्सी अगाडि !

एजेन्सी, १७ पुस । पछिल्लो एक दशकमा फ्रिकिक गोलतर्फ बार्सिलोनाका कप्तान लियोनल मेस्सी सबैभन्दा अगाडि रहेका छन् । फ्रिकिकबाट सिधै गोल गर्ने खेलाडीको एक दशकभरिको सूचीमा अर्जेन्टिनी स्टार मेस्सी सबैभन्दा अगाडि रहेका हुन् ।

Padelux insider
cura insider

‘ओप्टाजोले’का अनुसार मेस्सीले सन् २०१० देखियता फ्रिकिकबाट सिधैं ३४ गोल गरेका छन् । जुन सबैभन्दा धेरै हो । युरोपका शीर्ष पाँच लिगमध्ये ३२ वर्षीय मेस्सीले गरेको यो गोल संख्या सबै खेलाडीभन्दा धेरै हो । मेस्सीभन्दा एक स्थान तल पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो छन् । इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोले फ्रिकिकबाट सिधै २० गोल गरेका छन् ।

३४ वर्षीय रोनाल्डो मेस्सीभन्दा १४ गोलले पछाडि परेका छन् । फ्रिकिकमार्फत् सिधै विपक्षीको पोस्टको जाली चुमाउने खेलाडीको सूचीमा युभेन्टसकै खेलाडी मिरालेम पिजानिक तेस्रो स्थानमा छन् । उनले फ्रिकिकबाट सिधै १६ गोल गरेका छन् । यस्तै १३ गोलसहित इटालियन खेलाडी फ्रान्सेस्को लोडी चौथो स्थानमा छन् ।

१२ गोलसहित पाँचौं स्थानमा युभेन्टसका पूर्वखेलाडी आन्द्रे पिर्लो रहँदा समान गोल गरेका एसी मिलानका हाकन काल्हान्ग्लु छैटौँ स्थानमा छन् । रोमाका खेलाडी एलेक्जेन्डर कोलारोभ १२ गोलसहित सातौं स्थानमा रहँदा ११ गोल गरेका एथ्लेटिको बिल्बाओका बेनट एक्टाबरिया आठौं स्थानमा छन् ।

यस्तै १० गोल गरेका भ्यालेन्सियाका डेनियल परेजो नवौं स्थानमा रहँदा भ्यालेन्सियाकै डेनियल वास दसौं स्थानमा रहेका छन् । उनले समान १० गोल नै गरेका छन् ।

jackson ribon