वियरमा केहि हदसम्म अल्कोहलको मात्रा पाइने गरेको हुनाले यसलाई अरु रक्सीहरूको तुलनाम पिउनका लागि स्वास्थ्य नै मानिन्छ ।
कम मात्रामा अल्कोहल पाइने बियरलाई स्वास्थ्यको दृष्टिकोणले हेर्दा फाइदाजनक पाइएको छ । वियरम एमिनो एसिड, एन्टी अक्सिडेन्ट, प्रोटिन तथा भिटामिन बिको मात्रा धेरै हुने गर्छ । त्यसैले, हप्तामा दुइ देखि तिन पटक ३०० मिलिलिटर सम्म बियर पिउने गर्दा शरीरलाई नोक्सान हुँदैन ।
यस्ता छन् बियर पिउनुका फाइदाहरू
बियरको सेवनले हड्डीलाई मजबुत पार्न सहयोग गर्छ ।
बियरले शरीरमा भएको रगतको कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत गर्छ ।
बियरले रक्तनलीमा रगत जम्ने समस्यालाई रोकेर उक्त रक्तचाप, मधुमेह तथा मुटुरोगको जोखिमलाई केहि हद सम्म कम गर्छ ।
बियरको सेवनले मृगौलाको पत्थरीको जोखिम तथा पिडालाई कम गराएर पत्थरी झार्न समेत मद्दत गर्छ ।
बियरको सेवनले तनावलाई पनि घटाउने गर्छ ।
बियरले स्मरण शक्ति बढाउन समेत मद्दत गर्छ ।
बियरले संज्ञानात्मक क्षमतालाई पनि बढाउने गर्छ ।
बियर पिउदा मात्रा नभएर यसलाई कपाल, अनुहारमा प्रयोग गर्दा चमक आउछ ।