दक्षिण कोरियामा तलब बढ्यो, ३५ हजार नेपालीलाई फाइदा

सोल १७ पुस । दक्षिण कोरियामा नयाँ वर्ष २०२० सुरु भएसँगै कामदारको न्युनतम तलब वृद्धि भएको छ । गतवर्षको तलब भन्दा यो वर्ष २.८७ प्रतिशतले तलब वृद्धि भएको हो ।

अब कामदारले प्रतिघण्टा ८ हजार ५ सय ९० वन पाउने छन् । दैनिक ८ घण्टाका दरले सातामा ४० घण्टा नियमित काम गर्नेको तलब अब नेपाली रुपैयाँमा झण्डै १ लाख ७५ हजार रुपैयाँ हुने छ ।

यसका साथै ओभर टाइम काम गर्नेले राती १० बजेसम्म काम गर्दा १२ हजार ८ सय ८५ र राती १० बजेदेखि बिहान ६ बजेसम्म काम गर्दा प्रतिघण्टा १७ हजार १ सय ८० वान पाउने छन् ।

तलब बढेपछि झण्डै ३५ हजारको संख्यामा रहेका नेपाली कामदार पनि लाभान्वित भएका हुन् ।

Loading...