birat ribon

पत्रपत्रिकामा देश : ओली मोदी फोनवार्ता, कालापानीसहित बाँकी विषय समाधान गर्ने सहमति

Neuro
पत्रपत्रिकामा देश : ओली मोदी फोनवार्ता, कालापानीसहित बाँकी विषय समाधान गर्ने सहमति

विराटनगर १७ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरि दुई देशबीचका समस्या समाधान गर्न प्रस्ताव गरेका छन् ।

Padelux insider
cura insider

नयाँ वर्ष २०२० को अवसरमा शुभकामना दिन मोदीले फोन गरेका हुन् । फोन सम्बादका क्रममा दुई देशका समस्या समाधान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका कुटनीतिक सल्लाहकार डा. राजन भट्टराईले बताए ।

नयाँ पत्रिका दैनिकमा छापिएको खबरमा बुधबार बिहान भएको सम्बादमा कालापानी उल्लेख नगरी दुई देशका समस्या समाधान गर्ने विषयमा छलफल भएको उल्लेख छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएको भट्टराईले बताए ।

‘बलात्कार र बेचबिखन मुद्दामा धरौटी मात्रै ?’ शिर्षकमा कान्तिपुर दैनिकमा मुख्य खबर छ ।

जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा अनुमान मन्दिर आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई कानूनी धरातल बेगर धरौटीमा छोडेको भेटिएको समाचारमा छ ।

पिडितको किटानी जाहेरीका साथै प्रमण हुँदासमेत इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो । साधनाका लागि भनेर आश्रममा बोलाएका गिरीले आफूलाई बलात्कार गरेको भनी प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अनुसन्धानको दौरान अपराधपिडितलाई संरक्षण गर्नु पर्नेमा प्रहरीले समेत हैरान पारेको र मुद्दा कमजोर बनाएको कान्तिपुरमा समाचार छ ।

उता नेपालगञ्जमा २२ वर्षीया युवतीलाई १ /लाख रुपैयाँमा बिक्रि गर्ने दुई युवालाई पनि अदालतले १ १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

अपहरण गरी नसालु पेय पदार्थ खुवाउदै दिल्ली पुर्याएर बेचिएकी उनले एक महिलाको घरमा बन्धक बनाएर राखेको बेला ति महिलाले फोन गर्न दिएपछि बाबुलाई फोन गरि आफु राखेको ठेगाना बताएकी थिइन् ।

बाबुले दिल्लीमै भएका आफन्तलाई खबर गरेपछि उनलाई फिर्ता ल्याइएको थियो । यता गाउँकै युवाहरु निजामुद्दिन साई र मुबारक नाउ पक्राउ परेपनि उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका न्यायाधीशद्वय पवनकुमार शर्मा र ऋषिप्रसाद अधिकारीले एक/ एक लाख धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

jackson ribon