birat ribon

पत्रपत्रिकामा प्रदेश : भ्रमण वर्षको पहिलो दिन एक रुपैयाँमै खाना र बास

Neuro
पत्रपत्रिकामा प्रदेश : भ्रमण वर्षको पहिलो दिन एक रुपैयाँमै खाना र बास

विराटनगर १७ पुस । नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार प्रदेश १ का विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरिएको छ ।

Padelux insider
cura insider

प्रदेश राजधानी विराटनगरमा भ्रमण वर्ष शुभारम्भ कार्यक्रम आयोजना गरिएको थियो । इलाम र ताप्लेजुङलगायतका पर्यटकीय क्षेत्र पुगेका पर्यटकलाई भने १ रुपैयाँमै खाना र बासको प्रबन्ध गरिएको छ । ताप्लेजुङ पुगेका विदेशी पर्यटकलाई सम्मान गरिएको थियो ।

हिमालय गाइड्स एक्सपिडिसनबाट गएका दुई र मेवाखोला हिल रिसोर्ट तथा ताप्लेजुङ गेष्ट हाउसमा बसेका ५ जनालाई सम्मान गरिएको हो ।

इलाममा विभिन्न स्थानमा फरक फरक कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात गरिएको छ । इलाम सदरमुकाममा भने पहिलो पटक इलाम भित्रिने ५ जना पर्यटकलाई १ रुपैयाँमै खाना र बासको व्यवस्था गरिएको थियो ।

उनीहरुमा १ जना जापानी र बाँकी नेपाली पर्यटक थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

बिपीमा पेइङको धन्दाले गरिबलाई पिडा शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्यपृष्ठमा समाचार छापेको छ ।

सरकारी कार्यालयहरु मालपोत, नापी तथा अन्य कार्यालयमा घुस दिँदा मात्रै छिटो काम हुने जस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि शुल्क तिर्दा तीन महिनापछिलाई बोलाएको बिरामीको आजको भोली नै उपचार हुने पेइङ सिस्टमले गरिबहरुले मर्कामा परेको बताएका छन् ।

मोरङको उर्लाबारीबाट पित्तथैलीको पत्थरीको अप्रेसन गर्न गएका शुक्रकुमार लिम्बुलाई तीन महिना पछाडीको समय दिइएर बिपीमा अप्रेसनको लागि बोलाइयो । अनि विकल्पमा पेइङबाट गरे भोली नै अप्रेसन हुने चिकित्सकले जानकारी दिए ।

पेइङको अर्थसमेत नबुझी आजको भोली नै हुने उपचार रोजेका लिम्बु अप्रेसन सकिएपछि शुल्क तिर्न जाँदा छांगाबाट खसे जस्तै भए । त्यही प्रतिष्ठानमा प्रतिष्ठानकै डाक्टरहरुबाट हुने उपचार १५ हजार तिर्दा ३ महिना पालो पर्खिनु पर्ने र दोब्बर तिरे आजको भोली हुने चलन बुझ्न नसकेको लिम्बुको कुरुवा आएकी शान्तीले बताइन् ।

प्रदेश १ बाट प्रकाशन हुने पत्रिकाहरुले भ्रमण वर्षको उद्घाटनको विषयमा समाचार प्रमुखताका साथ छापेका छन् ।

‘भ्रमण वर्षको शुभारम्भ प्रदेश १ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य’ शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्य समाचार छापेको छ । यस्तै उद्घोष दैनिकले पनि ‘भ्रमण वर्ष २०२० सुरु’ शिर्षकमा मुख्य समाचार छापेको छ ।
उद्घोष दैनिकमा ‘मीरगञ्ज पुल भारतीयको खाने मेलो’ शिर्षकमा अर्को समाचार छ । १० दिन जति बन्द गरिएको मीरगञ्ज पुल पुन चालु भएपनि ४० टन भन्दा बढी लोड भएका गाडीहरुलाई आवतजावतमा रोक लगाइएको छ ।

यसले गर्दा विराटनगरका व्यवसायीहरु चिन्ता र त्रासमा छन् । केही भारतीय नेता र कर्मचारीको लागि पुल दुहुनो गाई बनेको व्यवसायीहरु बताउँछन् । पुलबाट ४० टन भन्दा बढी भार बोकेका सावरी साधन राती आपसी सेटिङमा चल्न दिइने गरेको छ ।

अररियाका डिएम, फारबीसगञ्जका एसडीओ र जोगबनीका थानेदारको चित्त बुझ्दा पुलको कुरा नै नउठ्ने व्यापारीहरु बताउँछन् ।

jackson ribon