birat ribon

जेसस चम्किँदा नयाँ वर्षमा सिटीको पहिलो जित

Neuro
जेसस चम्किँदा नयाँ वर्षमा सिटीको पहिलो जित

विराटनगर, १७ पुस । इंग्लिस प्रिमियर लिगमा साविकको विजेता म्यान्चेस्टर सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले इभर्टनविरुद्ध २–१ गोलको जित दर्ता गरेको हो ।

Padelux insider
cura insider

सिटीकै मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन ग्राबियल जेससले दुवै गोल गरे । यता, पराजित इभर्टनका लागि रिचार्लिसनले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५१औं मिनेटमा जेससले गोल गर्दै सिटीलाई सुरुआती अग्रता बनाएका थिए ।

यस्तै खेलको ५८औं मिनेटमा जेससले दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ७१औं मिनेटमा इभर्टनका रिचार्लिसनले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल हुन नसकेपछि सिटीले सो खेल २–१ गोलले जित्यो ।

यससँगै सिटीले २१ खेलबाट ४४ अंक जोडेको छ । तेस्रो स्थानको सिटीसँग दोस्रो स्थानको लेइस्टर सिटीभन्दा एक अंक कम छ । शीर्ष स्थानको लिभरपुलसँग भने १९ खेलबाट ५५ अंक छ ।

jackson ribon