birat ribon

बच्चाहरूलाई मोबाइलको लतबाट जोगाऔं

Neuro
बच्चाहरूलाई मोबाइलको लतबाट जोगाऔं

विराटनगर, १६ पुस । एक्काइसौं शताब्दीमा नयाँ प्रविधिको विकाससँगै मान्छेहरूको आर्दश, दैनिकी तथा स्वभावमा परिर्वतन आएको छ । हरेक कुराको फाइदासँगसँगै बेफाइदाहरू पनि त्यतिकै हुने गर्छ भन्ने कुरा मानिसहरूलाई थाहा छैन ।

नयाँ डिजिटलको उत्पादन र सेवाहरूको विकास तीव्र गतिमा भइरहँदा सजिलो भए पनि सबैको हातहातमा मोबाइल भएको कारण परिवारका सदस्यहरू एक आर्कोसँग संगै बसेपनि टाढिँदै गइरहेका छन् । बच्चाहरूलाई व्यस्त राख्न वा फकाउनका लागि सबैभन्दा सजिलो उपाय ट्याबलेट र स्मार्टफोन बनेको छ । महत्वपूर्ण काममा व्यस्त हुनुपर्दा होस् वा रोएको बेलामा फकाउन होस् अधिकांश अभिभावकहरूले मोबाइल दिएर बच्चालाई भुलाउने गरेको देखिन्छ ।

cura insider

यसले गर्दा बच्चाहरूमा नकारात्मक प्रभाव पर्नुका साथै शारीरिक तथा मानसिक समस्याहरू देखिन थालेको छन् । मोबाइलका कारण सबभन्दा सुरुमा बच्चाहरूमा घाँटी र आँखाको समस्या देखिन थालेको छ । स्मार्टफोन वा ट्याब्लेट जस्ता ग्याजेटको धेरे प्रयोगले बच्चाहरू एकोहोरो हुने, जिद्दी हुने तथा छिट्टै रिसाउने गर्न थालेका छन् ।

अभिभावकले खाना खाँदा, पढ्दा वा सुत्नेबेलामा ग्याजेटबाट टाढा राखेर आफ्नो बालबालिकाकालाई हरेक क्रियाकलापमा सधैँ निगरानी राख्नुपर्छ । बच्चाहरूले देखेर सिक्ने हुँदा अभिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि आफू त्यस्ता ग्याजेटमा व्यस्त हुनु हुँदैन र बच्चाहरूलाई बाहिर खेल्न, विभिन्न प्रतियोगिताहरूमा सहभागी हुन जोड दिनुपर्छ ।

jackson ribon