birat ribon

मैले मोदीजीलाई पुनः नेपाल भ्रमण गर्न आग्रह गरें : प्रम ओली

Neuro
मैले मोदीजीलाई पुनः नेपाल भ्रमण गर्न आग्रह गरें : प्रम ओली

विराटनगर, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुनः नेपाल भ्रमणका लागि आग्रह गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार ट्वीटरमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान ट्वीटरमा ट्वीट गर्दै मोदीसँग फोनवार्ता भएको जनाएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो । हामीले नयाँ वर्ष २०२० को शुभकामना आदान–प्रदान गर्‍यौं ।’

cura insider

यस्तै ओलीले अर्को ट्वीटमा मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएको जनाएका छन् । ‘दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्‍याउन सन् २०२० सफल रहनेमा हामीले विस्वास व्यक्त गर्‍यौं । मैले प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरें,’ ओलीले ट्वीटमा भनेका छन् ।

jackson ribon