birat ribon

दोस्रो ट्रेलरमा बेरोजगार युवाहरूको ‘१२ सत्ताइस’ (भिडियोसहित)

Neuro
दोस्रो ट्रेलरमा बेरोजगार युवाहरूको ‘१२ सत्ताइस’ (भिडियोसहित)

विराटनगर, १६ पुस । कमेडी जनरामा तयार भएको फिल्म ‘१२ सत्ताइस’को दोस्रो ट्रेलर रिलिज भएको छ । निर्माण टिमले फिल्मको ट्रेलरलाई युट्युबमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको ट्रेलरमा बेरोजगार युवाहररूको पैसा कमाउने धन्दालाई प्रस्तुत गरेको देखिन्छ । यसअघि फिल्मको पहिलो ट्रेलरलाई पनि दर्शकहरूले निक्कै मन पराएका छन् ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा ३ बेरोजगार युवाहरूको कथालाई कमेडी शैलिमा प्रस्तुत गरिएको छ । फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, विना कार्कीलगायत कलाकारहरूको अभिनय छ ।

cura insider

ह्याप्पी प्लानेट फिल्मस र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा रहेर निर्माण भएको फिल्मलाई रेणु राना, दीपक खतिवडा र रुपक थापाले निर्माण गरेका हुन् । निर्देशक जोन योञ्जनकै कथा रहेको फिल्ममा दीपक आर्जेको संगीत, अनिष स्याङ्गदेनको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । प्राविधिक कारणले मंसिरमा छायांकन हुन नसकेपछि फिल्म माघ ३ गते प्रदर्शन हुनेछ ।

jackson ribon