birat ribon

सन्दीप घाइते, सिड्नीविरुद्धको खेल गुमाउने

Neuro
सन्दीप घाइते, सिड्नीविरुद्धको खेल गुमाउने

विराटनगर, १६ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछाने घाइते भएका छन् । उनी अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गतको खेलमा घाइते भएका हुन् ।

aa

चोट बोकेका कारण उनले बीबीएलअन्तर्गत सिड्नी थन्डरविरुद्धको खेल गुमाउने भएका छन् । मेलबर्न स्टार्सबाट खेल्दै आएका सन्दीपले चोटका कारण उक्त खेल गुमाउमो मेलबर्न क्लबले जनाएको छ । मेलबर्नले बुधबार सार्वजनिक गरेको टिममा उनको स्थानमा हरिस रौफलाई मौका दिइएको छ ।

cura insider

क्लबले सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप छैनन् । चोटका कारण सन्दीपले सिड्नीविरुद्धको खेल गुमाउने पक्का भएको बताएको छ । मेलबर्नले आफ्नो पाँचौ खेलअन्तर्गत बिहीबार सिड्नी थन्डरविरुद्ध खेल्दैछ ।

jackson ribon