birat ribon

अमेरिकी दूतावास हमलामा इरानको हात रहेको भन्दै ट्रम्पले दिए चेतावनी

Neuro
अमेरिकी दूतावास हमलामा इरानको हात रहेको भन्दै ट्रम्पले दिए चेतावनी

विराटनगर १६ पुस ।अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेको अमेरिकी दूतावासमा भएको हमलाको जिम्मेवार इरान रहेको आरोप लागएका छन् ।

उनले हमालको पछाडि इरानको हात रहेको भन्दै धम्कि समेत दिएका छन् । ट्रम्पले ट्विटरमा इराकमा रहेको अमेरिकी दूतावासमा सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

cura insider

विश्वकै सबैभन्दा खतरनाक हतियारसहित अमेरिकी सेवा हमला हुनसाथ पुगेको उनले ट्विटमा उल्लेख गरेका छन् ।

यसका लागि उनले इराकका राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत धन्यवाद दिएका छन् । अमेरिकाको निवेदनमाथि तत्काल प्रतिकृया दिएको भन्दै उनले धन्यवाद दिएका हुन् ।

प्रदर्शनकारीहरुले अमेरिकी दूतावासमा हमला गरी भएको क्षतिको जिम्मेवार इरान भएको र यसको ठुलो मुल्य इरानले चुकाउनु पर्ने उनको धम्कि छ ।

उनले यो चेतावनी नभइ धम्कि भएको बताए । ट्रम्पको ट्विट लगत्तै अमेरिकी रक्षा सचिव मार्क एस्परले मध्यपूर्वी क्षेत्रमा तत्काल ७५० अमेरिकी सैनिक पठाउने घोषणा गरे ।

अमेरिकाले इराकमा रहेका इरान समर्थित लडाकु समूहमाथि हमला गरेपछि विरोधमा इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा हमला भएको हो ।

अमेरिकी सेनाले प्रदर्शनकारीलाई तितरबतर गर्न अश्रु ग्यास छोडेको थियो । प्रदर्शनकारीले दूतावास परिसरको बाहिरी पर्खालबाट भित्र पसेर एक सुरक्षा चौकीमा आगो लगाएका छन् ।

jackson ribon