birat ribon

खुसी हुने सजिलो तरिका

Neuro
खुसी हुने सजिलो तरिका

विराटनगर १६ पुस । नयाँ वर्ष भन्ने बित्तिकै नयाँ उमंग, नयाँ सोच र नयाँ उर्जा ल्याउने तयारीमा हामी हुन्छौँ । आजैदेखि अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएको छ ।

अब आगमाी दिनमा तपाई जीवनमा खुसी र सकरात्मक माहोल बनाउन चाहानुहुन्छ भने यी केही सुझावहरु काम लाग्न सक्छ ।

cura insider

स-साना कुरामा ध्यान दिएमा हामी खुसी र सकरात्मक दिमागले पुरा जिन्दगी बिताउन सक्छौ । सजिलै गर्न सकिने यस्ता विषयहरुलाई आजैबाट ख्याल गर्ने बानी बसल्दा जीवनमा खुसी र सफलता पक्कै पनि हात लाग्न सक्छ ।

आसपासमा धेरै जसो नकरात्मक कुराहरु आइरहन्छ । समाज, मिडिया, घरपरिवार तथा साथीसंगीहरुबाट नकरात्मक समाचार, नकरात्मक आइडिया, नकरात्मक विचारहरु आइरहेको हुन्छ । जतिसुकै असहज भएपनि तपाईले मुस्कुराइ रहन खोज्नुहोस् ।

यस्तै हसिलो व्यक्तिहरुका बीचमा आफुलाई राख्ने कोसिस गर्नुहोस् । यस्ता साथी आफन्त चयन गर्नुहोस् कि उनीहरु तपाईको दुखमा रुने हैन् त्यसबाट छुटकारा पाउनका लागि तपाईलाई मद्धत गरुन् । मोटिभेटेड गर्ने व्यक्तिसँग दिनमा एकपटक गफगाफ गर्ने समय मिलाउने प्रयास गर्नुहोस् ।

सादा भोजन गरे तपाईमा सकरात्मकता आउँछ । भनाइ नै छ सादा जीवन, उच्च विचार भोजन र विचारको साइनो गहिरो हुने विज्ञहरुको बुझाइ छ ।

अब तपाइले खुसी र सकरात्मकता खोज्नु हुन्छ भने सकेसम्म सादा भोजनमा ध्यान दिनु पर्ने हुन्छ । हरियो सब्जी, कम मसला भएका खानाले तपाईलाई शान्त राख्न मद्धत गर्छ ।

दैनिक व्यायाम गर्दा नकरात्मक सोचबाट बच्न सकिन्छ । कम्तिमा पनि दैनिक ३० मिनेट व्यायाम गर्दा शरीरलाई फिट र दिमागलाई शान्त राख्न सकिन्छ ।

त्यसैले दिनमा ३० मिनेट आफ्नो लागि, आफ्नो शरीरको लागि छुट्याउनै पर्ने हुन्छ । योगा, मर्निङ वाक, जगिङ्ग मध्ये जे पनि रोजेर दैनिक नियमित गर्दा डिप्रेसन तथा तनावबाट मुक्ति पाउन सकिन्छ ।

समाजिक सञ्जालबाट दुरी बनाउन पनि अति आवश्यक भएको छ । खाना खादा, शौचालय जाँदा वा सुत्दा पनि मोवाइल चलाउने बानीले अहिलेको पुस्ता नकरात्मतातर्फ बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

त्यसैले सिमित समयमात्रै यसमा दिन ठिकै मान्न सकिन्छ तर मोवइल फोन बिना बाच्नै नसक्ने बन्नु भने हुँदैन् । मोवाइल बिना साथीहरुसँग भेला हुने वा परिवारमा भेला हुने समयमा मोवाइल सबैले परै राख्ने गर्दा भने केही सकरात्मक कुराकानी र आपसी प्रेम बढाउन मद्दत पुग्छ ।

अरुलाई सहयोग गर्नुहोस् । अरुलाई सहयोग गर्दा सकरात्मक उर्जा पैदा हुन्छ । सहयोग गर्दा सम्बन्ध समेत मजबुद हुने र आफुले आफुलाई समेत मैले केही राम्रो गरेको छु भन्ने महसुस हुने हुँदा तपाईलाई खुसी हुन बाहाना मिल्ने छ ।

jackson ribon