birat ribon

छुट्टा छुट्टै दुर्घटनमा परी दुईजनाको मृत्यु

Neuro
छुट्टा छुट्टै दुर्घटनमा परी दुईजनाको मृत्यु

विराटनगर, १५ पुस । छुट्टा छुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका– १० खोट डाँडामा बलेरो पल्टदा १ जनाको मृत्यु भएको छ ।सुनसरीको बर्जु गाउँपालिका– १ का २६ बर्षीय जयराम मेहेताको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमवार अपरान्ह पौने ५ बजेको समयमा भोजपुरको खोट डाँडाबाट धरान तर्फ सुन्तला बोकेर आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरो चालक धरान उप–महानगरपालिका– १६ का २७ बर्षीय फुर्वा तामाङ घाईते भएका थिए । उनको मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

cura insider

सुनसरीको बर्जु गाउँपालिका– १ का २६ बर्षीय जय राम मेहेताको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार राती साँढे ८ बजे चिमडीबाट शुक्रवारे तर्फ जाँदै गरेको को ११ प ८८७६३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते मेहेताको बिराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।

jackson ribon