birat ribon

जाडोमा देखिन्छ छाला सुख्खा हुने समस्या

Neuro
जाडोमा देखिन्छ छाला सुख्खा हुने समस्या

जाडोको समयमा अधिकांश मानिसहरूलाई छाला खस्रो हुने, छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हातखुट्टा फुट्ने, ओठ फुट्ने हुन्छ । शरीरको तुलनामा बाहिरी वातावरणको तापक्रम कम हुन थालेपछि शरीरबाट तापसँगै आँखाले नदेख्ने तरिकाले पानीको कण पनि बाहिर निस्किरहेको हुन्छ ।

cura insider

शरीरमा पानीको कमी भएपछि छाला सुख्खा हुने, फुट्ने, ओठ तथा कुर्कुच्चा फुट्ने जस्ता समस्या देखा पर्छ । जाडोको मौसममा करिब ७० देखि ८० प्रतिशत मानिसहरूलाई छाला सुख्खा हुने समस्याले सताउने गरेको छाला रोग विशेषज्ञ डा. धवेन्द्र कर्णले बताएका छन् । जाडोको एलर्जी हुने व्यक्तिको, दमको समस्या हुनेहरूको शरीरको सम्पूर्ण छाला सुख्खा हुन्छ । साथै, मधुमेह, उच्च रक्तचाप, थाइरोइड भएमा र शरीरमा विभिन्न किसिमका भिटामिनको कमी भएकाहरूको छाला सुख्खा हुने गर्छ ।

त्यस्तै, छाला रोग विशेषज्ञ डा। सविना भट्टराईका अनुसार जाडो महिनामा धेरै पटक ननुहाउने हुँदा शरीरमा विभिन्न किसिमका एलर्जीहरू पनि देखा पर्नेगर्छ । जाडोमा चिसो भगाउनका लागि घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्छौ । यसरी तातोमा बस्दा छालामा भएको चिल्लोलाई सोसेर छालालाई सुख्खा बनाउँने गर्छ । त्यसैले हिटर ताप्ने, घाममा बस्ने गर्दा शरीरमा पानीको मात्रा पनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ ।

साथै, उलनको कपडाले एलर्जी भएर शरीर चिलाउने र पोल्ने हुदा पनि छाला फुट्ने गर्छ । छाला सुख्खा हुनबाट जोगाउनका लागि प्रसस्त मात्रामा पानी पिएर, घाममा बस्दा वा घरबाहिर निस्कँदा बढी एसपीएफ भएको ‘सन्सक्रिम’ र मोइस्चुराइजरको प्रयोग गर्नु पर्छ । छाला सुन्दर राख्न र विभिन्न रोगबाट बच्न पोषणयुक्त खानपान, ओलिभको तेल, ओखर, एभोकाडोको नियमित प्रयोग गर्नु पनि सकिन्छ ।

jackson ribon