birat ribon

हँसाउँदै, रुवाउँदै सकियो ‘छिंडीभरिको आकाश’

Neuro
हँसाउँदै, रुवाउँदै सकियो ‘छिंडीभरिको आकाश’

विराटनगर, १४ पुस । छिनमै हँसाउँदै छिनमै रुवाउँदै ‘छिंडीभरिको आकाश’ नाटकको मञ्चन सकिएको छ ।
गत मंसिर २८ गतेदेखि विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाटकको मञ्चन सुरु भएको थियो । वरिष्ठ साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेका थिए– ‘छिडीभरिको आकाश’ कथा ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर विभिन्न जिल्ला पुग्दा देखेको घटनालाई प्रधानले कथामा उनेका थिए । युवा साहित्यकार कट्वाल दीपकले कथाको नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । हरेक दिन हाउसफुल रुपमा मञ्चन भएको नाटकले दुर्व्यसनले एउटा परिवारलाई कसरी तहसनहस बनाउँछ भन्ने देखाएको थियो ।

cura insider

नाटकले रुवाउने मात्रै होइन पेट मिचिमिची हसाएको थियो । हसाउने र रुवाउने दृष्य भएकाले पनि दर्शकले बढी रुचाए ।

नाटक हेरिरहँदा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीमात्रै होइन मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारी, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठी, प्याब्सन मोरङकी वरिष्ठ उपाध्यक्ष शितला सुब्बा, समाजसेवी वेनिगोपाल मुन्दडालगायत पनि आँसु झार्न बाध्य भए ।

नाटकबाट प्रभावित भएर समाजसेवीसमेत रहेका राठीले कलाकारलाई प्रोत्साहित गर्न १० हजार रुपैयाँ प्रदान गरे ।

नाटकले कुलतका कारण परिवार ध्वस्त भएको विषयलाई मात्रै उठान गरेको छैन बेरोजगारी, महिला हिंसा, बालमनोविज्ञानलाई पनि सशक्त रुपमा उठाएको छ । ३२ वटा शो हाउसफुल रुपमा भएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्षसमेत रहेका कटवालले बताए ।

नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, विवेक आचार्य, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गरे । मञ्चले यो नाटक यसअघि पनि आरोहण गुरुकुलमा दुईपटक मञ्चन भइसकेको थियो

jackson ribon