जागिरमा बढुवा हुन मन भए यस्तो काम गर्नुहोस

विराटनगर १५ पुस । हरेक मानिसको चाहना हुन्छ, जागिरमा प्रमोसन होस्, तलबमा वृद्धि होस् र सफलता हात परोस् । यसका लागि भए पनि मानिसहरूले आफुले सक्दो प्रयास गरिरहेका हुन्छन् ।

तर, मानिसले ससाना कुराहरूलाई विचार नगर्दा सफल हुन र प्रमोसन हात पार्न सक्दैनन् । सोचेको जस्तो वा मेहेनत गरे जस्तो फल नपाउदा मानिस अवश्य निराश हुन्छ र तनाव पनि बढ्दै जान्छ । मानिसले आफ्नो अफिसमा गर्ने केही सामान्य कुराहरूलाई विचार गर्न सके सहजै राम्रो स्थान पाउनका साथ प्रमोसन पनि पाउन सक्छ ।

अफिसमा बोससँग कहिले पनि अनावश्यक बहस गर्नु हुँदैन । आफ्नो बोसबाट सकेसम्म सहयोग लिएर, भनेको कुरा मानेर, बोसको भरोसा जित्न सक्नु पर्छ ।

आफ्नो अफिसमा संगै काम गर्ने सहकर्मीलाई साथी सम्झेर राम्रो व्यवहार गर्नुपर्छ । प्रतिद्धन्दीको जस्तो व्यवहार गर्दा सफलता पाउनका लागि असहज हुन सक्छ । आफ्नो अफिसमा सक्दो मद्दत गर्ने गर्नुपर्छ ।

जब मानिसले आफ्नो विभागमा केहि बाधा नपर्ने गरि अन्य विभागको काममा मद्दत गर्दा पछि आफूलाई पनि कुनै आवश्यक परेमा सहजै मद्दत लिन सकिन्छ । यसले एकअर्कामा राम्रो सम्बन्ध बनाउनका साथै मानिसलाई अगाडि बढ्न मद्दत गर्छ ।

कसैले गल्ति गरे त्यसलाई आलोचना र गालि गर्नु भन्दा पनि संगै मिलेर, वा सुझाव दिएर सुधार्ने तर्फ लाग्नु पर्छ ।

आफुले गर्ने नियमित कामभन्दा अन्य जिम्मेवारी पनि लिन सक्नु पर्छ । यसो गर्दा थप चर्चित र पहिचान दिलाउनुका साथै सहजै बोसको नजरमा पार्न मद्दत गर्छ । नयाँ जिम्मेबारी लिने, नयाँ काम गर्ने गरे पनि प्रोमोशनलाई थप बलियो बनाउने माध्यम हुन सक्छ ।

Loading...