birat ribon

पत्रपत्रिकामा देश : १२ हजार उखु किसान ऋणमा, चिनी उद्योगी समातेर भुक्तानी दिलाउन निर्देशन

Neuro
पत्रपत्रिकामा देश : १२ हजार उखु किसान ऋणमा, चिनी उद्योगी समातेर भुक्तानी दिलाउन निर्देशन

विराटनगर १५ पुस । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी उद्योगीलाई पक्रिएरै भएपनि किासनको बक्यौता असुल गर्न सरकारलाई निर्देशन दिएको कान्तिपुर दैनिकले चिनी उद्योगीलाई समातेर भुक्तानी दिलाउनु शिर्षकमा मुख्य समाचार छापेको छ ।

उखु किसाका समस्यालगायतका विषयमा सोमबार बसेको समिति बैठकले कृषि तथा पशुपन्छी विकासमन्त्री धनश्याम भुषाल र वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्याललाई यस्तो निर्देशन दिएको हो ।

cura insider

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले वर्षाैंदेखिको समस्या किन समाधान नभएको भन्दै मन्त्री र सचिवलाई चिनी उद्योगका मालिकलाई समतेर भएपनि बक्यौता उठाइदिनु भनेका छन् ।

यता नयाँ पत्रिका दैनिकमा १२ हजार उखु किसानको बस्ती नै ऋणमा शिर्षकमा मुख्य समाचार छ । चिनी उद्योगहरुले ५ वर्षसम्मको बक्यौताको सावाँ पनि दिन मानेका छैनन् ।

तर सहकारी र साहुबाट ऋण लिएका किसानको भने ब्याजमाथि स्याज थपिएको छ । बानेश्वर सडकमा दुई सातादेखि सर्लाहीका उखु किसान प्रदर्शन गरिरहेपनि सुनवाई भएको छैन् ।

उखु पेल्ने बेलामा चिनी उद्योगहरु बन्द भएका छन् । भुक्तानी ठप्प छ ।

भारतलाई फेरी ताकेता गरिने शिर्षकमा अन्नपूर्णले मुख्यपृष्ठमा समाचार छापेको छ ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणका विषयमा वार्ताका लागि फेरी भारतलाई दोश्रो पटक पत्राचार गर्ने भएको छ ।

माघभित्रै परराष्ट्रसचिव स्तरीय वार्ता गर्ने भएपनि मिति भने तय भएको छैन् । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले वार्ताको लागि भारतलाई चिठ्ठी लेखेको थियो ।

भारतले वार्ता गर्ने बताएपनि कहिले वार्ता गर्ने भन्ने विषयमा मौन बसेको छ । भारतले जवाफ पठाएपछि अर्काे मिति तय गर्ने विषयमा गहृकार्य गरिरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले बताए । सीमा समस्या समाधान गरी आफ्नो भूभाग फिर्ता ल्याउनै पर्ने उनको भनाइ छ ।

jackson ribon