birat ribon

सुन्न नसक्ने बच्चामा बोलीको विकास हुँदैन

Neuro
सुन्न नसक्ने बच्चामा बोलीको विकास हुँदैन

विराटनगर, १५ पुस । मानसिक तथा शारीरिक विकास क्रममा भाषा तथा बोली विकासले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मानिसहरूबीच भावना व्यक्त गर्ने भरपर्दाे माध्यम बोलीलाई मानिन्छ ।

सामान्यतया बच्चाहरू १ बर्षको उमेरसम्ममा आमा, बाबा, पापा, मामा जस्ता सहज शब्दहरू तोतेबोलीमा बोल्न थाली सक्छन् । १ वर्षको भएपछि औसत बच्चाहरू शब्द पनि बोल्न थाल्छन् । तर, कतिपय बच्चाहरू उमेर अनुसार बोलेनन् भने यसलाई समस्या मानिन्छ र तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्छ ।

cura insider

यस प्रकारको समस्यालाई उमेर अनुसारको बोलीको विकास नभएको भनिन्छ । र, बच्चामा बोलीको विकाश नुहनुको मुख्य कारण बच्चामा सुनाईको कमीले गर्दा भएको हुनसक्छ । सुन्न नसक्ने बच्चाको बोलीको विकास हुँदैन । बोलीको विकासको लागि बच्चाले सुन्न आवश्यक हुन्छ । बच्चाको बोली विकाश नहुनुमा उमेर नपुगी जन्मने, नवजात उमेरमा संक्रमण हुने, कतै ठोक्किने र बोली सक्रिय बनाउने अंगको विकाश नहुने वा बच्चा जन्मँदा भएका समस्याहरूका कारणले हुन सक्छ ।

बच्चाको बोली विकासमा अभिवावकको पनि भूमिका हुन्छ । बोली विकासका लागि बच्चाले सुन्न आवश्यक हुँदा अभिभावकले बच्चाको कुरा उत्सुकतापूर्वक सुन्ने र क्रमशः त्यसलाई सहज हुने गरी बोलेर सुनाउनु पर्ने र बच्चालाई सिक्न र प्रोत्साहन गर्नुपर्छ । बच्चाहरूले आफूले सुनेको बोलीलाई अनुशरण गर्दै बोल्ने बानीको विकास गरिरहेका हुन्छन् । त्यसैले, अभिभावकले बच्चासँग बोल्न झर्काे मान्नु हुँदैन । यति गर्दा पनि बच्चामा बोलीको विकास हुँदैन भने चिकित्सकको अनिवार्य सल्लाह लिनुपर्छ ।

jackson ribon